मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज साँझ पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन जारी गरेको परमादेशको समयसीमा सकिन लागेका बेला मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पत्रकार सम्मेलन गर्न लागेका छन्। आज साँझ ५:३० बजे मुख्यमन्त्रीको सरकारी आवासमा पत्रकार सम्मेलन आयोजना गरिएको उनका सचिवालयले जनाएको छ। सर्वोच्चको आदेशपछि विश्वासको मत लिने कि राजीनामा गर्ने भन्ने विषयमा मुख्यमन्त्री यादवले आज दिनभर पार्टीका नेताहरू र कानुनविदहरूसँग गहन छलफल गरेका थिए।

उनीहरूले दिएको जानकारीअनुसार सर्वोच्च अदालतको परमादेश राति ८ बजे इमेलमार्फत प्रदेश सभा तथा मुख्यमन्त्री कार्यालयमा आइपुगेको छ। आदेश आएपछि सुरु भएको २४ घण्टाको समयसीमा आज राति ८ बजे समाप्त हुँदैछ। यदि मुख्यमन्त्री यादवले विश्वासको मत नलिए र राजीनामा समेत नगरे, भने संवैधानिक व्यवस्थाअनुसार राति ८ बजेपछि उनी स्वयम् पदमुक्त हुनेछन्।

मुख्यमन्त्री यादवले पत्रकार सम्मेलनमा के घोषणा गर्छन् भन्ने विषयले अहिले प्रदेश राजधानी जनकपुरको राजनीतिक वातावरण अत्यन्तै तातेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्