२४ घण्टाभित्र विश्वासको मत लिनू भन्ने परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन: मुख्यमन्त्री यादव

जनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले दिएको २४ घण्टाभित्र विश्वासको मत लिनू भन्ने परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन्।

सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। तर, आदेशसम्बन्धी आधिकारिक पत्र भने आफूले अझै नपाएको उनले बताएका छन्। यादवले भने, “अब केही बेरपछि मेल खोल्छु, चिठी आएको छ कि छैन भन्ने हेर्छु।”

मुख्यमन्त्री यादवले सर्वोच्चको निर्देशनलाई पूर्ण रूपमा मान्दै अघि बढ्ने बताएका छन्। विश्वासको मत ल्याउन आवश्यक परामर्श प्रक्रिया अघि बढाइसकिएको बताउँदै उनले भने, “विश्वासको मत लिन सक्ने वा नसक्ने भन्ने कुरा पहिल्यै थाहा भइहाल्छ।”

विश्वासको मत जुटाउन नसके राजीनामा दिने संकेत समेत उनले गरेका छन्। यादवका अनुसार राजनीतिक परामर्श र सम्भावित समर्थनबारे छलफल जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्