प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने सरकारको निर्णय

काठमाडौं – सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको क्याबिनेट बैठकले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका व्यक्तिहरूको स्मरणमा यो दिवस मनाइने औपचारिक व्यवस्था मिलाएको हो।

सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सहिद दिवससँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई विशेष पहिचान पत्र उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।

मन्त्री खरेलले बताएअनुसार सहिदका परिवारका आमा, बुबा, श्रीमान्, श्रीमती, अविवाहित छोरा र अविवाहित छोरीलाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र वितरण गर्नेछ। यसले राज्यका तर्फबाट सहिद परिवारप्रति गरिने सम्मानलाई संस्थागत रूप दिने सरकारको अपेक्षा रहेको जनाइएको छ।

सरकारका अनुसार जेनजी आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूको योगदानलाई राष्ट्रिय स्तरमा स्मरण, सम्मान र संरक्षण गर्ने उद्देश्यले उक्त दिवस मनाइने निर्णय गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्