लामो रस्साकस्सीपछि कांग्रेस पुसमै नियमित महाधिवेशन गर्ने निर्णयमा

File Photo

काठमाडौं । नेपाली कांग्रेसभित्र महिनौंदेखि चल्दै आएको महाधिवेशनसम्बन्धी रस्साकस्सी अन्ततः समाधानतर्फ उन्मुख भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुसभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्दै विवादको गाँठो फुकाएको हो। बैठकका सहभागीहरूका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसमै महाधिवेशन गराउने प्रस्तावमा एकमत हुन निर्देशन दिएपछि सहमति जुटेको हो।

२२ र २३ भदौमा गरिएको जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने माग तीव्र रूपमा उठेको थियो। तर संस्थापन पक्षले समयमै महाधिवेशन सम्भव नभएको तर्क गर्दै आएको थियो। समयमै निर्णय नआएपछि असन्तुष्ट पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन सुरु गरेको थियो। १४औं महाधिवेशनका झन्डै ५५ प्रतिशत प्रतिनिधि जुटेको हस्ताक्षरयुक्त निवेदन असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिएको थियो।

यसैबीच सोमबारको निर्णायक बैठकबाट पुसमा नियमित महाधिवेशन गर्ने सहमति जुटेसँगै कांग्रेस भित्रको राजनीतिक तनातनी केही मत्थर भएको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्