काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशन लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका सर्वसम्मत पारित गर्दै पुस ५ भित्र केन्द्रमा सम्पूर्ण नवीकरण र नयाँ सदस्यताको वितरण सूची पुगिसक्ने व्यवस्था गरेको हो।
बैठकले क्रियाशील सदस्यता नवीकरण नभएका, छुटिएका तथा विवरण केन्द्रमा पठाउन बाँकी रहेका जिल्लालाई मंसिर २५ लाई अन्तिम मिति तोकेको छ। यसैबीच, पुस ८ भित्र छुट भएका सदस्यहरूको नामावली, निर्णय तथा सम्बन्धित रकम केन्द्रमा पठाउन सकिने व्यवस्था गरेको छ।
निर्णयअनुसार, ३ पुस भित्र जिल्लाबाट नवीकरण तथा नयाँ सदस्यताको नामावली केन्द्रमा पु¥याइसक्ने समय तोकिएको छ। नेपाली जनसम्पर्क समितिका लागि भने सम्पूर्ण नवीकरण तथा वितरण कार्य मंसिर मसान्तभित्र सम्पन्न गर्न निर्देश गरिएको छ।
कांग्रेसले महाधिवेशन तयारीलाई तीव्रता दिँदै क्रियाशील सदस्यताको नवीकरण प्रक्रिया समयमै टुंग्याउने र पुस ५ मै केन्द्रबाट नामावली स्वीकृत गर्ने बताएको छ।






