कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने

काठमाडौं -नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ। सोमबार मध्यान्ह १२:३० बजेका लागि बोलाइएको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा आगामी महाधिवेशनको कार्यतालिका सम्बन्धी एजेन्डामा छलफल गरी सहमति जुटाइनेछ, जसपछि कार्यतालिका केन्द्रीय समिति बैठकमा पेश गरिने छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साताभित्र १५औँ महाधिवेशन गर्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन्। महाधिवेशन चुनाव अघि वा पछि गर्ने भन्ने विवादका कारण कांग्रेसको केन्द्रीय समिति बैठक ६ मंसिरदेखि स्थगित हुँदै आएको थियो। त्यस क्रममा सभापति शेरबहादुर देउवा पनि पुसभित्र महाधिवेशन गर्ने कार्यतालिका ल्याउन तयार भएपछि यस विषयमा निणायार्थ प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्