आगामी प्रतिनिधिसभा चुनावका लागि १२० दलले दर्ता निवेदन

काठमाडौँ – आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभा चुनावका लागि १२० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि निवेदन दिएका छन्। आयोगका अनुसार दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि १४ गतेसम्मको अवधीमा यति संख्या में निवेदन प्राप्त भएका हुन्।

आयोगले देउसभर प्राप्त दर्ता निवेदनहरूको जाँचबुझ, छानबिन र कानुनी योग्यता परीक्षण कार्यतालिकाअनुसार पूरा गर्ने जनाएको छ।

योग्यता पुगेका दललाई मंसिर २० गतेभित्र दर्ता स्वीकृति प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। यस्तै, चुनावमा सहभागी हुने दलहरूको दर्ता व्यवस्थापन, चुनाव चिन्ह वितरण तथा अन्य प्रक्रियाहरू कानुन बमोजिम पारदर्शी रूपमा अघि बढाइने आयोगको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्