अपिहिमाल गाउँपालिकामा १५ दिने ट्रेकिङ गाइड तालिम सुरु

काठमाडौँ – अपिहिमाल गाउँपालिका र नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा नेपाल पर्वतीय प्रतिष्ठान र गाउँपालिकाले संयुक्तरूपमा आयोजना गरेको १५ दिने ट्रेकिङ गाइड तालिम सोमबार औपचारिक रूपमा उद्घाटन भएको छ। स्थानीय पर्यटन क्षेत्रको सम्भावना पहिचान गर्न र युवा पुस्तालाई पेशागत रूपमा सक्षम बनाउन लक्षित यस तालिमले अपिहिमाल गाउँपालिकाको पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले पछिल्लो समय युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको बताउँदै, तालिममार्फत युवाहरूमा पर्यटनसम्बन्धी ज्ञान, सीप र चिन्तन अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ। तालिममा सहभागी हुने युवाहरूले भविष्यमा पेशागत ट्रेकिङ गाइडका रूपमा कार्य गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने आयोजकहरूले बताएका छन्।

गाउँपालिका र नेपाल पर्वतीय प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको तालिमले क्षेत्रीय पर्यटन प्रवर्द्धनसँगै युवा रोजगार सिर्जना गर्ने अवसर पनि प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्