रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीबीच एकता

काठमाडौं — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील–साझा पार्टीबीच औपचारिक एकता घोषणासहित नयाँ राजनीतिक मोड खुलेको छ। आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै दलका शीर्ष नेताहरूले एकता घोषणा गरेका हुन्।

एकतापछि पार्टीको नाम रास्वपा नै रहनेछ भने चुनाव चिन्ह घण्टी निरन्तर रहने नेता शिशिर खनालले जानकारी दिए। एकीकृत संरचनामा विवेकशील–साझाका नेताहरूलाई आगामी महाधिवेशनसम्मका लागि संघीय नेतृत्व मञ्चमा राख्ने सहमति भएको छ। मञ्च सदस्यहरूलाई केन्द्रीय सदस्यसरह अधिकार र जिम्मेवारी प्रदान गरिने उल्लेख छ।

सहमतिको अनुसार, पार्टीको तल्लो तहसम्म दुवै पक्षका कार्यकर्तालाई समावेशिता, आपसी समझदारी र शक्ति–समानुपातका आधारमा जिम्मेवारी बाँडफाँड गरिनेछ। नेतृत्व तहमा देखिएको सहकार्यपछि स्थानीयदेखि संघीय संरचनासम्म एकीकृत गतिविधि अघि बढाइने बताइएको छ।

रास्वपा र विवेकशील–साझाबीचको यो एकता आगामी राजनीतिक वृत्तमा नयाँ सम्भावना र प्रतिस्पर्धाको संकेतका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्