प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

काठमाडौं — प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा शुक्रबार दिउँसो सीआईबीको टोलीले उनलाई बिजुलीबजारस्थित प्रभु बैंकको प्रधान कार्यालयबाट नियन्त्रणमा लिएको हो।

सीआईबीले राष्ट्र बैंकको प्रतिवेदन तथा प्रारम्भिक अनुसन्धानका आधारमा शेरचनमाथि बैंकिङ अनियमिततासम्बन्धी संलग्नता देखिएको भन्दै पक्राउ गरेको बताइएको छ। यसअघि गत कात्तिक २२ गते सीआईबीले बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो।

यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्व सांसद देवीप्रकाश भट्टचनलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ। ९८ करोड रुपैयाँ ठगीसम्बन्धी मुद्दामा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीपछि सीआईबीले दुवै प्रकरणमा छुट्टाछुट्टै रूपमा अनुसन्धान अघि बढाइरहेको छ।

सीआईबीका अनुसार घटनाहरू एकअर्कासँग सम्बन्धित हुनसक्ने आधार देखिएकाले विस्तृत छानबिन जारी राखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्