तीन नयाँ जलविद्युत् आयोजना निर्माणमा जाने, सरकारले दियो उत्पादन अनुमति

काठमाडौं — सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजना सञ्चालनका लागि अनुमति दिएको विभागले जनाएको छ।

चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको चुम्चेत स्यार खोला जलविद्युत् आयोजनाको क्षमता ४५ मेगावाट रहनेछ। त्यस्तै, विभागले स्वीकृति दिएको मिडिल लिखु जलविद्युत् आयोजनाको क्षमता ८.६० मेगावाट रहेको छ। छोमरोङ खोला जलविद्युत् आयोजना भने घान्द्रकु हाइड्रोद्वारा निर्माण हुनेछ, जसको क्षमता ४.८९ मेगावाट निर्धारण गरिएको छ।

विद्युत् विकास विभागका अनुसार हालसम्म दुई सय ६३ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिएको छ, जसको कुल उत्पादन क्षमता ११ हजार ९७ मेगावाट हुन्छ। चालू आर्थिक वर्षमा मात्र विभागले १३ जलविद्युत् परियोजनालाई अनुमति प्रदान गरिसकेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्