वाम–समाजवादी शक्तिबीच वृहत् एकताको लागि नेकपाको औपचारिक आह्वान

?????? ???????? ????? ‘???????’ ? ???????? ????? ???, ?? ??????? ?????? ?????????? ???????? ?????? ???????? ????? ‘???????’ ? ???????? ????????? ????? ?????? ????? ??????? ??????? ? ????? ?????? ????????????? ??????? ?????????? ?????? ????? ????? ?????? ?????????? ???????? ????? ?????? ???? ???????? ???????????? ???? ?????? ????? ?????? ????? ? ??????? ?????? ????????÷????

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी, समाजवादी तथा देशभक्त शक्तिहरूबीच व्यापक एकताको आवश्यकता रहेको बताउँदै सहकार्यका लागि औपचारिक अपिल गरेको छ। १५ वाम तथा समाजवादी समूहको एकीकरणमार्फत पुनर्गठित पार्टी निर्माण गरेको जानकारी दिँदै नेकपाले अन्य वाम शक्तिलाई पनि ऐक्यबद्ध हुन आग्रह गरेको हो।

अपिलमा पार्टीले स्वतन्त्रता र अनुशासनको सन्तुलनमा आधारित जनवादी केन्द्रीयतालाई आफ्नो संगठनात्मक सिद्धान्तका रूपमा अघि बढाउने उल्लेख छ। नेपाली विशेषताको समाजवादद्वारा निर्देशित वैचारिक मूल्यलाई आधार बनाएर जनवादी केन्द्रीयताको सिद्धान्तलाई अझ समृद्ध बनाइने पनि पार्टीले स्पष्ट गरेको छ।

नवयुवाको आन्दोलनपछि बनेको गैरदलीय सरकारले तत्काल उत्पन्न अनिश्चितताको तुवाँलो केही हटाएको भए पनि देशमाथि लागेको संकट अझै समाप्त नभएको नेकपाको भनाइ छ।

तर, संविधानले निर्देशित मार्गबाट राष्ट्रलाई अगाडि लैजान निर्धारित मितिमा चुनाव सम्पन्न गर्नु अत्यावश्यक रहेको पार्टीले जोड दिँदै आएको छ।

तस्बिर: रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्