ग्लाड स्टोन एकेडेमी ‘विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०७९’ मा प्रथम
काठमाडौँ । मिड भ्याली माध्यमिक विद्यालय कलेजद्वारा आयोजित अन्तरविद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०८२’ मा थिमीस्थित ग्लाड स्टोन एकेडेमी प्रथम हुन सफल भएको छ। संस्थाले ३० हजार रुपैयाँ नगदसहित ट्रफी र पदक प्राप्त गरेको छ।
यसैगरी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै २० हजार नगद, ट्रफी र पदक प्राप्त गरेको छ। तेस्रो स्थान नेपाल पुलिस स्कुलले हात पार्यो, जसले १० हजार रुपैयाँसहित ट्रफी तथा पदक प्राप्त गर्यो। प्रदर्शनीमा विद्यार्थी भोटिङका आधारमा चयन गरिएको उत्कृष्ट सामाग्रीतर्फ एभरेस्ट इङ्लिस स्कुलले ५ हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्न सफल भयो।

उपत्यकाका ६७ विद्यालय सहभागी रहेको प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका ९३ वटा वैज्ञानिक उपकरण तथा सामाग्रीहरू प्रदर्शन गरिएका थिए। सहभागी विद्यालयहरूलाई उपकरण तथा सामाग्री निर्माणमा सहयोगस्वरूप प्रतिविद्यालय ६ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।
दुई दिनसम्म सञ्चालित प्रदर्शनीमा १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए। विद्यार्थीहरूले स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोल्युशन, स्मार्ट होमलगायत विज्ञान तथा सूचना प्रविधिका नयाँ प्रयोगहरू प्रदर्शन गरेका थिए।
मिड भ्याली कलेजले यस्ता गतिविधिले विद्यार्थीहरूलाई खोज तथा अनुसन्धानतर्फ प्रेरित गर्ने भएकाले आगामी दिनमा पनि निरन्तर यस्ता कार्यक्रम आयोजना गर्ने जनाएको छ।







