दुर्गा प्रसाईं सिंहदरबार पुगेर गृहमन्त्रीसँग वार्तामा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका छन्। उनी गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न आएका हुन्।

प्रसाईं नेतृत्वको अभियानले ७ मंसिरदेखि विभिन्न २७ बुँदे मागसहित अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो। ६ मंसिरमा सरकारसँग भएको पहिलो वार्तापछि अभियानले १५ दिनका लागि आन्दोलन स्थगित गरेको थियो। उक्त वार्ता र आन्दोलन स्थगनको क्रममा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा पक्राउ गरिएको थियो, तर अदालतको आदेशमा उनी धरौटीमा रिहा भएका थिए।

अभियानका नेताहरूका अनुसार, सरकारले १५ दिनभित्र माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको थियो। यसपटक प्रसाईं आफैं आफ्नो समूहको नेतृत्व गर्दै सिंहदरबार पुगेका हुन्, र सरकारसँग थप छलफल गरी माग सम्बोधन र सहकार्यका विषयमा वार्ता गर्ने तयारी भएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्