प्रतिभा विकासका लागि अर्किड आइडल सिजन–११ आयोजना हुने

काठमाडौं — अर्किड प्युपल सेकेन्डरी स्कुलले विगतका संस्करणहरूको उल्लेखनीय सफलतापछि यस वर्ष पनि ‘अर्किड आइडल सिङ्गिङ प्रतियोगिता –२०८२’ को सिजन–११ भव्य रूपमै आयोजना गर्ने भएको छ। मंसिर १२ गतेदेखि २६ गतेसम्म विद्यालय प्राङ्गणमै सञ्चालन हुने यो प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र कलात्मक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको विद्यालयले जनाएको छ।

विद्यालयका संचालक निर्देशक प्रेमकुमार भुजेलले प्रतियोगितालाई निरन्तरता दिनुको उद्देश्य विद्यार्थीको क्षमता अझ उजागर गर्नु रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अर्किड आइडलले विद्यार्थीहरूलाई आफ्नो लुकेका प्रतिभा अभिव्यक्त गर्ने अवसर मात्र होइन, मञ्चमा प्रस्तुत हुने आत्मविश्वास र कलात्मक सीप विकास गर्ने महत्वपूर्ण सहज वातावरण प्रदान गर्दै आएको छ। यही कारण यस वर्ष पनि सिजन–११लाई अझ व्यवस्थित र भव्य रूपमा आयोजना गर्न लागिएका छौँ,” भुजेलका आदरपूर्ण भनाइ छन्।

प्रतियोगिता मंसिर १२ गते क्वालिफाइङ राउन्ड, मंसिर १९ गते सेमी–फाइनल र मंसिर २६ गते ग्रान्ड फिनाले गरी तीन चरणमा सम्पन्न हुनेछ। विद्यालयले संगीत क्षेत्रका विज्ञ तथा अनुभवी निर्णायकमार्फत निष्पक्ष मूल्याङ्कन गरिने जनाएको छ। साथै, विद्यालय प्रशासनले आदरपूर्वक सबै विद्यार्थीलाई उत्साहपूर्वक सहभागी बनी कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्