काठमाडौँ – प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। तत्कालीन प्रतिनिधिसभामा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न माग गर्दै संयुक्त रूपमा रिट दायर गरेका हुन्।
रिटमार्फत प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक ढङ्गले प्रधानमन्त्री नियुक्त भएको दाबी गर्दै उहाँको नियुक्ति बदर गरी संसद्मार्फत सरकार निर्माण प्रक्रियालाई अघि बढाउनुपर्ने माग गरिएको बर्तौलाले जानकारी दिएका छन्।
यससँगै एमालेले आजै प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन पनि दिएको छ, जसले आगामी निर्वाचन तयारीलाई औपचारिक रूप दिएको छ।






