कांग्रेस कार्यसमिति बैठकमा महाधिवेशनको बिषय निर्णयविहीन, निर्वाचनमा सहभागी हुने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनसम्बन्धी कुनै निष्कर्षमा नपुगी सम्पन्न भएको छ। शनिबार सानेपामा बसेको बैठकले महाधिवेशनका विषयहरूमा अन्तिम निर्णय गर्न नसके पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भने सक्रिय रूपमा सहभागी हुने निर्णय गरेको छ।

बैठकपछि महासचिव गगनकुमार थापाले कार्यसमितिले गरेका निर्णयहरू सार्वजनिक गर्दै एकैपटक सबै मुद्दामा सहमति खोज्ने प्रयास भए पनि केही विषयमा निष्कर्ष आउन नसकेको बताए।

एक नेताका अनुसार, “राष्ट्रिय राजनीतिक विषयमा केही निर्णय गर्न सफल भएका छौं। बाँकी विषयहरू केही दिनभित्र थप छलफलमार्फत, आवश्यक परे विधि लागू गरेर टुंग्याइनेछ,” भन्ने महामन्त्री थापाको भनाइ बैठकमा उद्धृत गरिएको थियो।

आगामी बैठकमा महाधिवेशनसम्बन्धी बाँकी मुद्दाहरू अन्तिम रूपमा टुंग्याइने कांग्रेसले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्