एमालेद्वारा ११औँ राष्ट्रिय महाधिवेशनको तयारीलाई गति दिन विभिन्न संरचना र समिति गठन

तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ — नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको तयारीलाई गति दिन विभिन्न संरचना र समिति गठन गरेको छ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको ६०औँ सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशन व्यवस्थापनका लागि जिम्मेवारी अनुसार छुट्टाछुट्टै समिति गठन गरिएको जानकारी दिए। बैठकले महासचिव शंकर पोखरेलको संयोजनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सचिव र सचिव योगेश भट्टराई सदस्य रहने गरी महाधिवेशन सचिवालय गठन गरेको छ।

महाधिवेशनका लागि जनपरिचालनदेखि आर्थिक व्यवस्थापनसम्को तयारी सुनिश्चित गर्न अन्य समिति पनि गठन गरिएको छ। जनपरिचालन समितिको संयोजकमा उपमहासचिव प्रदीप ज्ञवाली र सचिवमा बागमती प्रदेश इन्चार्ज राजन भट्टराई तोकिएको छ। प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा काशीनाथ अधिकारी र सचिवमा माधव ढुंगेल, आवास व्यवस्थापन समितिमा सचिव छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव तोकिएका छन्। खाद्य व्यवस्थापन समितिको संयोजकमा सचिव लेखराज भट्ट र सचिव डा. भिष्म अधिकारी छन्।

यातायात व्यवस्थापन समितिलाई सचिव गोकर्ण विष्टले संयोजन गर्नेछन् भने रचना खड्का सचिव रहनेछन्। अतिथि सत्कार समिति सचिव रघुवीर महासेठको संयोजकत्वमा काम गर्नेछ भने सचिव महेश वर्तौला रहनेछन्। प्रचार समितिको संयोजकमा सचिव पद्मा अर्याल र सचिव राजेन्द्र गौतम तोकिएका छन्। स्वयंसेवक परिचालन समितिको संयोजकमा भानुभक्त ढकाल र सचिवमा विनोद पाण्डे, मञ्च व्यवस्थापन समितिमा विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहनेछन्।

स्वास्थ्य समितिको संयोजकमा कृष्णगोपाल श्रेष्ठ तोकिएका छन् भने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघलाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ। आर्थिक समितिको संयोजन उपमहासचिव विष्णु रिमालले गर्नेछन् र सचिव विना श्रेष्ठ रहनेछिन्। यस्तै निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाको संयोजकत्वमा निर्वाचन संयोजन समिति गठन गरिएको छ, जसले महाधिवेशनको निर्वाचन प्रक्रियालाई समन्वय गर्नेछ। एमालेले गठन गरेका यी सबै समितिहरूले ११औँ महाधिवेशनलाई व्यवस्थित र सफल बनाउने तयारीलाई थप सुदृढ पारेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्