काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकपछि सदस्य–सचिव तथा रक्षा सचिव सुमनराज अर्यालले यस्तो जानकारी दिएका हुन्।
अर्यालका अनुसार स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षाका लागि सेना परिचालन सिफारिस गर्ने निर्णय परिषद्ले सर्वसम्मत रूपमा गरेको हो।
बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको थियो। बैठकमा अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति तथा रक्षा सचिवको सहभागिता रहेको परिषद्ले जनाएको छ।







