अबदेखि डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिने

काठमाडौं – नेपाल वायुसेवा निगमका जहाजहरू अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने परिस्थितिमा भारतका विमानस्थलतर्फ डाइभर्ट नहुने भएका छन्। निगमले ३ मंसिरदेखि डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक अवतरण स्थलको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ।

विगतमा त्रिभुवन विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा निगमका जहाज भारतको दिल्लीलगायत अन्य विमानस्थलमा डाइभर्ट भइरहेकाले आलोचना हुँदै आएको थियो। देशमै दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहे पनि भारत उडान हुने गरेको विषयमा चहारो उठेपछि निगमले सुधारको कदम चालेको हो।

यो व्यवस्था लागू हुँदा समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ। साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न आवश्यक अध्ययन प्रक्रिया सुरु भएको निगमका प्रवक्ता अनिल घिमिरेले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्