निर्वाचनका लागि १२ राजनीतिक दल निर्वाचनमा दर आयोगमा दर्ता

फाइल तस्बिर

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १२ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले सोमबारदेखि दर्ता प्रक्रिया सुरु गरेसँगै पहिलो दिन सन्ध्या खनाल नेतृत्वको देश विकास पार्टी पहिलो नम्बरमा दर्ता भयो भने दुर्गा सोवको प्रगतिशील लोकतान्त्रिक पार्टी दोस्रो र द्रोण अधिकारी नेतृत्वको देशभक्त समाज पार्टी तेस्रो नम्बरमा दर्ता भए।

गीता क्षेत्री नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी चौथो र नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी पाँचौँ नम्बरमा दर्ता भएको छ। यसैगरी, छठौँ नम्बरमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, सातौँमा प्रभु साहको आम जनता पार्टी, आठौँमा बुद्धलाल मेचेको मंगोल नेशनल अर्गनाइजेशन पार्टी, नवौँमा विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्टी र दशौँमा अनिलकुमार झाको नेपाल सद्भावना पार्टी दर्ता भएका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा ११ औँ नम्बरमा दर्ता भएको छ भने मेघबहादुर कामी नेतृत्वको नेपाल मानवतावादी पार्टी १२ औँ नम्बरमा दर्ता भएको छ। आयोगले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दललाई मंसिर १० गतेभित्र दर्ता गराइसक्न सूचना जारी गरेको छ।

यस्तै, माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तीन दल—नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र नेकपा—दर्ता भएका छन्। आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराउने अन्तिम मिति मंसिर ७ गते तोकिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्