काठमाडौं –नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गर्दै शानदार जित दर्ज गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो।
१३० रनको लक्ष्य काठमाडौंले १८ ओभरमै ५ विकेट गुमाउँदै सहज जीत हासिल गर्यो। काठमाडौंका लागि बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रनको योगदान दिए। त्यस्तै, आकाश त्रिपाठीले ३९ रन बनाए भने मिलिन्द कुमारले १९ र जोन सिम्पसनले १३ रन जोडे।
यसअघि जनकपुरका लागि ब्याटिङमा उतरेका खेलाडीहरूले निर्धारित ओभर पूरा गरे पनि ठूलो स्कोर बनाउन सकेनन्। काठमाडौंका बलरहरूले किफायती बलिङ गर्दै विपक्षीलाई दबाबमा राखे।
एनपीएलको सुरुवाती खेलमै प्रदर्शन उत्कृष्ट बनाएको काठमाडौं गोर्खाज आगामी खेलहरूमा पनि यस्तै लय दोहोर्याउने लक्ष्यमा छ।






