नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

 

काठमाडौं । नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतबार साँझ कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीका अनुसार, कार्कीलाई दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतासम्बन्धी अनियमिततामा संलग्न रहेको आशंकामा पक्राउ गरिएको हो।

यसअघि सोही प्रकरणमा नेपाल ट्रस्टका तत्कालीन सचिव लेखबहादुर कार्कीलाईसमेत प्रहरीले पक्राउ गरिसकेको छ।

सीआईबीका अनुसार, नेपाल ट्रस्टको नाममा दर्ता रहेको काठमाडौँको जग्गा बद्नियतपूर्ण रूपमा, आर्थिक हानी पुग्ने गरी भाडामा दिइएको प्रमाण भेटिएपछि अनुसन्धान अघि बढाइएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्