काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आइतबार सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी माघ १ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ।
कार्यतालिका अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशित गरिनेछ। दाबी–विरोध तथा निवेदनको छानबिन गरी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ।
उम्मेदवारी दर्ता पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। पुस २४ गते बिहान १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ।
पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पाउनेछन्। सोही दिन दिउँसो १ बजेदेखि २ बजेसम्म अन्तिम उम्मेदवार सूची प्रकाशन हुनेछ।
पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गरिनेछ। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।






