काठमाडौं । देशभरको शान्ति–सुरक्षा स्थिति बारे समग्र मूल्याङ्कन तथा आवश्यक रणनीति तय गर्न केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे गृह मन्त्रालयमा आयोजना गरिएको छ।
गृह मन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा बस्न लागेको बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहभागी हुनेछन्।
समितिको यो बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै आगामी दिनमा लागू गर्नुपर्ने सुरक्षा रणनीति तथा व्यवस्था बारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।






