पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, आज रातिदेखि लागू

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ वृद्धि गरिएको हो।

नयाँ मूल्य आज राति १२ बजेदेखि नै लागू हुनेछ। निगमले जारी गरेको विज्ञप्तिमा भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि भई आएको उल्लेख छ। तर, उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य वृद्धि न्यूनतम राखिएको निगमले स्पष्ट पारेको छ।

यसअघि पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै आधारमा नेपालमा इन्धन मूल्यमा पटक–पटक समायोजन हुँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्