राष्ट्रिय परिचयपत्रबाट मतदाता नामावली दर्ता उत्साहजनक, दुई लाख ८१ हजारभन्दा बढी नयाँ मतदाता

काठमाडौँ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु भएपछि नयाँ मतदाताको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ।

निर्वाचन आयोगले कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर जैविक विवरण (फोटो र औँठाछाप) दिने व्यवस्था मिलाएपछि नामावली दर्ता गर्न आउनेहरूको भीड बढेको हो।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन लक्षित गरी आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सञ्चालन गरिरहेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, शुक्रबार राति ९ बजेसम्म राष्ट्रिय परिचयपत्र प्रयोग गरेर ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन्। जसमा ५० हजार २१७ पुरुष, ३० हजार २३५ महिला र ४ अन्य रहेको आयोगले जनाएको छ।

यसैसँग निर्वाचन घोषणा भएपछि दर्ता भएका नयाँ मतदाताको संख्या दुई लाख ८१ हजार १२९ पुगेको छ। आयोगले आज पनि देशभर मतदाता नामावली दर्ता जारी राखेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्