मिथिला बिहारी नगरपालिकाका वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या

जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ। मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष यादवलाई शुक्रबार साँझ करिब ६ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।

गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले पुष्टि गरेको छ।

प्रहरीका अनुसार आक्रमणपछि गोली प्रहार गर्ने समूह फरार रहेको र घटनास्थलमा सुराकी संकलन तथा अनुसन्धान तीव्र पारिएको छ।

विन्देश्वर यादव स्वतन्त्र उम्मेदवारका रूपमा वडाध्यक्ष निर्वाचित भएका थिए। प्रहरीले घटनाको प्रकृति, कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्