मतदाता नामावलीको अनलाइनमा ३७ हजारले गरे दर्ता, सर्भरमै चाप बढ्यो

काठमाडौं । अत्यधिक प्रयोगकर्ता एकैपटक प्रणालीमा जोडिँदा र भर्खरै एकीकृत प्रणाली सञ्चालनमा आएको कारण मतदाता नामावलीको अनलाइन दर्तामा बेलाबेला प्राविधिक समस्या देखिन थालेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना प्रविधि निर्देशक लोकराज शर्माका अनुसार निर्वाचन आयोगको नामावली प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणाली एकीकृत भएको केही दिनमै ठूलो संख्यामा नागरिकले अनलाइनबाट दर्ता गर्न थालेपछि प्रणालीमा अस्थिरता देखिएको हो।

उनका अनुसार बिहीबार दिउँसोदेखि शुक्रबारसम्म मात्र ३७ हजार ६ सय जनाले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गरेको विभागले जनाएको छ। प्राविधिक समस्याबारे गुनासो बढिरहेकामा निर्देशक शर्माले प्रणाली सुधारका काम भइरहेका बताएका छन्।
‘प्रणाली भर्खर जोडिएको हुनाले र एकैचोटि धेरै ट्राफिक आएकाले समस्या देखिएको हो,’ उनले भने, ‘त्यसैले कहिलेकाहीँ ढिलो हुने गरेको छ। सुधारका लागि काम भइरहेको छ।’ विभागले दर्ता गर्न खोज्ने नागरिकलाई धैर्य गर्न आग्रह गर्दै, प्रणाली स्थिर बनाउन विभिन्न प्राविधिक समायोजन भइरहेकामा जोड दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्