काठमाडौँ – सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको घोषणा गरेका छन्। विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका परियारले शुक्रबार औपचारिक रूपमा पार्टी परित्याग गरेका हुन्।
पार्टी छाड्ने निर्णयबारे जानकारी दिँदै परियारले भने, ‘मैले रास्वपा छाड्ने निर्णय गरेको छु।’ उनका अनुसार नयाँ बाटो र नयाँ राजनीतिक अभियान सुरु गर्ने योजनासहित आफूले रास्वपा परित्याग गरेको हो।
परियारको यो कदमलाई भित्रभित्रै चलिरहेको असन्तुष्टिको असरका रूपमा पनि विश्लेषण गर्न सकिन्छ, भने अब उनी कुन दिशातर्फ अघि बढ्ने हुन् भन्नेप्रति राजनीतिक वृत्तको नजर केन्द्रित भएको छ।






