कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई २ लाखसम्म कर्जा दिने आईजीपी कार्कीको निर्णय

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की गृहमन्त्रालयमा मन्तव्य राख्नुहुँदै । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजिपी) कार्कीलाई गृहमन्त्रालयमा आज गृह सचिव रामेश्वर दङ्गालले दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनभित्रका तल्लो तहका कर्मचारी र तिनका परिवारका लागि राहतपूर्ण निर्णय गर्नुभएको छ ।

आज पदभार ग्रहण गरेसँगै उहाँले नीति निर्माण समिति (पीसीसी) बैठकमार्फत कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मका प्रहरी कर्मचारी तथा तिनका आश्रित परिवारलाई आकस्मिक कर्जा उपलब्ध गराउने निर्णय गर्नुभएको हो ।

प्रहरी कल्याण कोषबाट खर्च हुने गरी प्रदान गरिने उक्त सहुलियत कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायतका आकस्मिक अवस्थाहरूमा उक्त कर्जा उपयोग गर्न सकिने जनाइएको छ ।

कर्जाको सीमा अधिकतम २ लाख रुपैयाँसम्म रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट आईजीपीमा बढुवा भएका कार्कीले आज औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो । उहाँको यो निर्णयलाई संगठनभित्रका कर्मचारीहरूले स्वागत गरेका छन् ।

तसबिर: रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्