भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

काठमाडौँ – नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँग भएको संवादपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा जाने सहमति बनेको हो।

यसका लागि आज दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिएका छन्। कार्यक्रममा दुवै पक्षका शीर्ष नेताहरूको उपस्थितिमा रावल समूहका सयौँ नेता–कार्यकर्ताहरू औपचारिक रूपमा नयाँ पार्टीमा प्रवेश गर्ने तयारी गरिएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्