मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, कर्णलाई नयाँ प्रमुख सिफारिस

काठमाडौँ – सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदीय गरिमा विपरीत काम गरेको ठहर गर्दै पदबाट हटाउने निर्णय गरेको हो।

भण्डारीले हिजो बिहानै होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी त्यहीँ शपथ ग्रहण गराएपछि विवाद चर्किएको थियो। संविधानले निर्दिष्ट गरेको औपचारिक प्रक्रियाबाहिर गएर गरिएको उक्त शपथप्रति व्यापक आलोचना भएको थियो। उक्त घटनापछि जनकपुरधाम दिनभर तनावग्रस्त बनेको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल ले शनिबार विश्वासको मत लिने तयारीका बीच मत विभाजन प्रक्रिया सुरु हुनुअघि नै राजीनामा दिएका थिए।

मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुखका रूपमा कर्णलाई सिफारिस गरेको छ। कर्णले अर्थशास्त्रमा विद्यावारिधि (PhD) गर्नुभएको छ र सन् २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्य समेत रहिसक्नुभएको थियो। सरकारको सिफारिसपछि अब राष्ट्रपति कार्यालयले औपचारिक रूपमा कर्णलाई मधेश प्रदेशको नयाँ प्रमुखका रूपमा नियुक्त गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्