मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद, मुख्यमन्त्री कार्यालयमा तोडफोड र तालाबन्दी

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर राजनीतिक तनाव चर्किएको छ । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सात दलका नेता र कार्यकर्ताले सोमबार मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।

मुख्यमन्त्री कार्यालयमा यादवको आगमनको जानकारी पाएपछि सात दलका कार्यकर्ता नाराबाजी गर्दै कार्यालय अगाडि जम्मा भएका थिए । उनीहरूले यादवको विरोध गर्दै कार्यालय परिसरमा तोडफोड गरेका हुन् ।

त्यस्तै, आक्रोशित कार्यकर्ताहरूले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पनि तालाबन्दी गरेका छन् । साथै, अन्य मन्त्रालयहरूमा समेत तालाबन्दी जारी रहेको बताइएको छ ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । उक्त निर्णयपछि प्रदेशका अन्य दलहरूले आपत्ति जनाउँदै आन्दोलनको स्वरुप लिएका छन् ।

सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाएको छ । घटनास्थलमा ठूलो संख्यामा सुरक्षा व्यवस्था परिचालन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्