ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

काठमाडौं – अन्तरिम सरकारका ऊर्जा मन्त्री रहेका कुलमान घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा पुगेका छन् । जेनजीहरूलाई समेत समेट्दै नयाँ राजनीतिक दल गठन गर्ने उनको योजनाअनुसार ‘नेपाल जनसेवा पार्टी’ नामक दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ । प्रारम्भिक सहमतिअनुसार उक्त पार्टीको चुनाव चिन्ह ‘बिजुलीको बल्ब (चिम)’ रहने प्रस्ताव गरिएको छ ।

नयाँ बन्ने जनसेवा पार्टीमा कुलमान घिसिङसँगै सुदन गुरुङ समूह, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय र संयुक्त पहिचानवादी मोर्चा समेत जोडिने सम्भावना रहेको बताइएको छ । उक्त मोर्चामा हाल आठवटा पहिचानवादी घटक समावेश छन् । नयाँ दलले सुशासन, सेवा र जनहितमुखी राजनीतिको सन्देशसहित राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तयारी गरेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्