कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

File Photo

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरेको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदलीको अवस्था रहेको छ भने देशका अन्य अधिकांश स्थानमा मौसम सफा छ ।

आज दिउँसोपछि कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । महाशाखाले देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको पनि जनाएको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्