आलमको निधनमा कांग्रेसले आइतबार तीनै तहका पार्टी कार्यालय बन्द गर्ने

 

काठमाडौँ — नेपाली कांग्रेसले आइतबार केन्द्र, प्रदेश र जिल्ला तहका सबै पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो शोक व्यक्त गर्दै सो निर्णय गरेको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले आइतबार तीनै तहका पार्टी कार्यालय बन्द गर्ने निर्णयसँगै शनिबारदेखि तीन दिनसम्म पार्टीका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। त्यस्तै, स्वर्गारोहणको १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने पनि पौडेलले जानकारी दिएका छन्।

रौतहटका पूर्वसभापति समेत रहेका आलमको ६३ वर्षको उमेरमा शुक्रबार राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।

कांग्रेसले आलमको योगदानको स्मरण गर्दै उनको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्