कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमको निधन

काठमाडौँ –  नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। उहाँको आज बिहान २ बजेर ५८ मिनेटमा काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। मुटुमा समस्या देखिएपछि गत कार्तिक दोस्रो साता अस्पताल भर्ना गरिएका आलमलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। उपचारकै क्रममा उहाँको निधन भएको हो।

बम विस्फोटसम्बन्धी मुद्दामा जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाए पनि उच्च अदालतले सफाइ दिएको थियो। गत जेठ १४ गते अदालतबाट रिहा भएपछि उहाँ अस्वस्थ हुनु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्