मतदाता नामावली संकलनमा नागरिकको सहभागिता उत्साहजनक

काठमाडौँ –  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नागरिकको सहभागिता उत्साहजनक छ। नामावली संकलन कात्तिक ३० गतेसम्म जारी रहनेछ। सो निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने र नागरिकता प्राप्त गरेका नागरिकले मात्र मतदान गर्न पाउनेछन्।

आयोगले उक्त मितिभित्र सबै पात्र नागरिकलाई नाम दर्ता गराउन आग्रह गरेको छ। अत्यधिक भीडका कारण सर्भरमा चाप बढेर केही स्थानमा सेवा असहज भएको आयोगले जनाएको छ। निर्वाचन सम्पन्न भएपछि १६ वर्ष उमेर पूरा गरी नागरिकता प्राप्त गरेका व्यक्तिहरूलाई पुनः मतदाता नामावलीमा दर्ता गर्न पाउने व्यवस्था हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्