देशभर मौसम सामान्य, हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । त्यसैले देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी वायु प्रणाली कमजोर अवस्थामा रहेको र कुनै सक्रिय मौसमी प्रभाव नदेखिएकाले देशभर स्थिर मौसम रहने विभागले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ । ती प्रदेशका उच्च हिमाली क्षेत्रहरूमा स्थानीय वायुको प्रभावका कारण एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागको अनुमान छ । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा मौसम सफा रहनेछ । विहान र बेलुकीका समयमा केही स्थानमा हल्का कुहिरो देखिए पनि दिउँसो मौसम खुल्ने विभागले जनाएको छ ।

दैनिक तापक्रम सामान्य दायरामा रहने अनुमान गरिएको छ । पश्चिमी र मध्य तराईका केही भागमा बिहान चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ । विभागका अनुसार आगामी केही दिन देशभर ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । सामान्यतया मौसम स्थिर रहने र हिमाली क्षेत्रमा सानो मात्रामा वर्षा वा हिमपातको क्रम दोहोरिन सक्ने विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्