भीम रावललाई पनि एकतामा ल्याउने प्रयास भइरहेको – प्रचण्ड

 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावल लाई समेत पार्टी एकता प्रक्रियामा सामेल गराउने प्रयास भइरहेको बताएका छन्।

मंगलबार प्रज्ञाभवन, कमलादीमा बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले रावललाई पनि एकताको दायरामा ल्याउने अन्तिम चरणको प्रयास भइरहेको जानकारी गराए।

बैठकमा सहभागी एक नेताका अनुसार, प्रचण्डले भने, “माओवादीको यो अन्तिम बैठक हो। भोलि ऐतिहासिक एकता हुन्छ। विगतमा टुटेका कडीहरू जोडिने छन्। भीम रावलजी पनि भोलिको एकतामा सामेल हुने कुराको अन्तिम चरणमा छन्।”

उनले आगामी एकतालाई “समाजवादी क्रान्तिको युगतर्फ लैजाने युगीन पहल” का रूपमा व्याख्या गर्दै दलहरूबीचको सहकार्यले देशमा नयाँ राजनीतिक युगको सुरुवात गर्ने दाबी गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्