काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्री र सचिवहरूको संयुक्त बैठक आयोजना गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकमा सरकारले गठन भएकोपछि सम्पन्न कार्यहरूको प्रगति विवरण लिइएको उनको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री कार्कीले प्रत्येक मन्त्रालयका कामको मूल्यांकन गर्दै आगामी योजनाबारे निर्देशन दिएकी थिइन्। सरकारी नीतिगत काम प्रभावकारी बनाउन र समन्वय बलियो बनाउने उद्देश्यले बैठक बोलाइएको बताइएको छ। जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन्। उनी गत भदौ २७ गते प्रधानमन्त्री बनेकी हुन्।
सरकार गठन भएको केही सातामै प्रधानमन्त्री कार्कीले प्रगति मूल्यांकनको बैठक बोलाएकी हुनाले उनको नेतृत्वमा प्रशासनिक सुधार र कार्यगत गतिशीलता प्राथमिक एजेन्डा बन्ने संकेत देखिएको छ।






