यातायात व्यवस्था विभागको सर्भर आंशिक रूपमा सञ्चालनमा

काठमाडौं । लामो समयपछि यातायात व्यवस्था विभागको सर्भर आंशिक रूपमा सञ्चालनमा आएको छ। विभागले आज जारी गरेको सूचनामा सर्भर सञ्चालनमा आएपछि केही सेवा पुनः सुचारु भएको जनाएको छ। सूचना अनुसार अब चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र लाइसेन्स ‘भेरिफिकेशन’ सेवा नियमित रूपमा सञ्चालनमा आएका छन्। तर, अन्य सेवा भने विभागको वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र उपलब्ध हुने विभागले जनाएको छ।

गएको भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा विभागको सर्भर र प्रणालीमा ठूलो क्षति पुगेको थियो। त्यसयता विभागका सबै प्रकारका लाइसेन्स सेवा पूर्ण रूपमा अवरुद्ध भएका थिए। विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका यातायात कार्यालयहरूबाट गाडी दर्ता सेवा (VRS) पनि आंशिक रूपमा सुरू गरिएको छ। यस्तै, उपत्यकाबाहिरका कार्यालयहरूमा विद्युतीय सवारी साधनका अनुमतिपत्र तथा गाडी दर्ता प्रणाली सञ्चालन गर्न आवश्यक प्रणाली परीक्षण कार्य जारी रहेको जनाएको छ।

विभागले छिट्टै सबै सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी पनि दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्