एमालेको देशव्यापी जनपरिचालन अभियान, मंसिर ६ मा काठमाडौंमा भव्य जनसभा हुने

काठमाडौँ — नेकपा (एमाले) ले देशव्यापी जनपरिचालन अभियान अन्तर्गत मंसिर ६ गते राजधानी काठमाडौंमा भव्य जनसभा आयोजना गर्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि केन्द्रसम्म चरणबद्ध रूपमा जनकार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, पहिलो चरणमा यही कात्तिक २२ गते देशभरका सबै वडामा जनभेला आयोजना गरिनेछ। त्यसपछि कात्तिक २५ गते देशका सबै स्थानीय तहमा प्रदर्शन कार्यक्रम हुने र कात्तिक २९ गते विभिन्न स्थानमा जनसभा गरिने उनले जानकारी दिए।

ज्ञवालीका अनुसार, यी सबै कार्यक्रम पार्टीको जनपरिचालन नीति अनुरूप सञ्चालन गरिने हुन्। उनका अनुसार, मंसिर ६ गते काठमाडौंमा हुने अन्तिम चरणको जनसभालाई भव्य र ऐतिहासिक बनाउने तयारी भइरहेको छ।

पार्टीले जनपरिचालनमार्फत संगठन सुदृढ पार्ने, आमजनतामा पार्टीको नीति र दृष्टिकोण पुर्‍याउने तथा आगामी राजनीतिक लक्ष्यका लागि जनमत तयार गर्ने उद्देश्य राखेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्