वेदकोटमा तेस्रो नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु

कञ्चनपुर। वेदकोट नगरपालिकामा नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८२ भव्य समारोहका बीच सुरु भएको छ।

उद्घाटन समारोहमा नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नगरप्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष चित्रदेव भट्टले गर्नुभएको थियो।

कार्यक्रममा नगर उप–प्रमुख तुलसी जोशी, निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, पत्रकार, बुद्धिजीवी, समाजसेवी, खेलाडी तथा स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख भोजराज बोहराले आर्थिक र भौतिक चुनौतीबीच पनि वेदकोट नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई निरन्तरता दिइरहेको बताउनुभयो। उहाँले पछिल्ला प्रतियोगिताहरूले युवाहरूमा खेलप्रतिको आकर्षण बढाएको उल्लेख गर्दै आगामी वर्षहरूमा मेयर कपलाई अझ भव्य रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष चित्रदेव भट्टले खेलकुदले युवाहरूमा अनुशासन, सद्भाव र एकताको भावना जगाउने बताए। उहाँले नगरपालिका भित्रका खेलमैदानहरूलाई व्यवस्थित गर्दै खेलकुद गतिविधिलाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो।

निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले मेयर कपजस्ता प्रतियोगिताले स्थानीय स्तरमै प्रतिभा पहिचान र विकासमा टेवा पुग्ने बताए। उहाँले सबै टोलीलाई निष्पक्ष खेल र खेलभावनाका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्