बञ्चरेडाँडामा फोहोर संकट : स्थानीयद्वारा गाडी रोकिएपछि सरकार वार्तामा

 

काठमाडौं। १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडी स्थानीयवासीले रोकेका छन्। फोहोर व्यवस्थापन अवरुद्ध भएपछि सरकारले समस्या समाधानका लागि वार्ताको पहल गरेको छ।

सहरी विकास मन्त्रालयले शुक्रबार सरोकारवालाहरूसँग छलफल गर्दै समाधान खोज्ने तयारी गरेको हो। मन्त्रालयले प्रभावित क्षेत्र धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुख, वडाअध्यक्ष तथा अन्य सरोकारवालालाई बैठकमा सहभागी हुन आह्वान गरेको छ।

यसअघि दुवै स्थानीय तहले समस्या समाधानका लागि सहरी विकास मन्त्रालयलाई पत्राचार गरी तत्काल पहल गर्न अनुरोध गरेका थिए।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर महेशबहादुर सिंहद्वारा पठाइएको पत्रमा भनिएको छ, “सो सम्बन्धमा छलफल गर्न तपसिल बमोजिमको मिति, समय र स्थानमा बैठक बस्ने भएको हुँदा सम्बन्धित नगरपालिका, वडा र सरोकारवालाको उपस्थितिका लागि अनुरोध छ।”

फोहोर विसर्जनमा अवरोधका कारण राजधानी काठमाडौंसहित उपत्यकाका विभिन्न स्थानमा फोहोर थुप्रिने समस्या तीव्र बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्