काठमाडौंमा फोहोर व्यवस्थापन संकट : महानगरको अनुरोध “फोहोर घरमै राख्नुहोस्”

 

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले महानगरबासीलाई फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ।

महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म घरबाट निस्कने फोहोर सुरक्षित तरिकाले आफ्नै घर वा कम्पाउण्डभित्र राख्न आग्रह गरेको हो।

सूचनामा भनिएको छ, “अर्को सूचना जारी नभएसम्म आफ्ना घरबाट निस्कासन हुने फोहोर मैला घर/कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध छ।”

बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीयवासीले विरोध जनाएपछि काठमाडौं उपत्यकाको फोहोर संकलन र बिसर्जन कार्य अवरुद्ध भएको हो।

यसका कारण विगत केही दिनदेखि महानगर क्षेत्रका सडक, गल्ली र टोलमा फोहोर थुप्रिने समस्या देखिएको छ।

महानगरले सर्वसाधारणलाई असहज नबनाउन र वातावरण प्रदूषण हुन नदिनका लागि फोहोर अस्थायी रूपमा सुरक्षित राख्न आग्रह गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्