जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको आकस्मिक निधन

 

भैरहवा — राष्ट्रिय ट्रेड युनियन महासङ्घ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको आज आकस्मिक निधन भएको छ। रुपन्देहीको भैरहवामा नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला अचानक बेहोस हुनुभएका गौतमको ६५ वर्षको उमेरमा निधन भएको हो।

उहाँलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकहरूले उपचारका क्रममा मृत घोषणा गरेका हुन्। बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि नेकपा (एमाले) निकट मजदुर संगठन जिफन्टमा सक्रिय रहँदै आएका थिए।

ट्रंकलाइन विवादका कारण उद्योगहरूमा विद्युत् आपूर्ति रोकिएको विरोधस्वरूप आज उद्योगी र मजदुरहरूले प्रदर्शन गरिरहेका बेला गौतमको निधन भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्