काठमाडौँ उपत्यका लगायत देशका अधिकांश ठाउँमा वर्षा, बेलुका देखि ठुलो पानी पर्ने माैसमविद्को चेतावनी

काठमाडौं उपत्यकासहित देशका मध्यदेखि पूर्वी भूभागसम्म बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार बिहान छिटपुट वर्षा भए पनि अहिले मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा उदयपुरगढी केन्द्रमा ४५.२, मुर्कुची बजारमा ४३.८, कमला रिभर केन्द्रमा ३९, गोलबजारमा ३७.४, तुर्केघाटमा ३६.८, धनकुटाको त्रिवेणीमा ३६.४, तुम्लिङटासमा ३२.४ मिलिमिटर वर्षा भएको छ। वर्षा गण्डकी, बागमती, कोशी, र मधेसका अधिकांश जिल्लामा भइरहेको छ।

मौसमसम्बन्धी जानकारहरुले  काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहानीबार बिहान ४ बजेदेखि वर्षा भइरहेको बताएका छन्। अहिले भइरहेको वर्षा बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको असर भन्दा पनि पश्चिमी वायुकै गतिविधिले वर्षा भइरहेकाे हाे । ‘बाहिरिन बाँकी रहेको यस वर्षा प्रणालीमा मोन्थ’ आँधीको आंशिक प्रभाव मिसिनाले वर्षा अझै ठूलो भएको हो’ उनले भने।

मोन्था आँधीको प्रभाव आज बिहीबार अपराह्न मात्रै पूर्ण रूपमा सक्रिय हुने माैसमिवद्हरुले बताएका छन् । जसका कारण मेचीदेखी गण्डकीसम्म ठूलो वर्षा प्रक्षेपण गरिएको छ। उच्च हिमाली भेगमा भारी हिमपात हुने बताएका छन्।

‘आज र भोलि यात्रा नगर्न पनि अनुरोध गरिएकाे छ ।  आज अपराह्नदेखि हवाई सेवाहरू पनि प्रभावित हुन सक्नेछन् ।  विपदविद् धर्म उप्रेतीले पनि मोन्थाको प्रभाव सुरू भएको बताएका छन्। काठमाडौंलगायत पूर्वी नेपालमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले बताएका छन्। ‘अब लगातार वर्षा हुन्छ। दिउँसो र राति थप सक्रिय हुनेछ। शुक्रबार बिहानैदेखि वर्षा अझ बढ्ने देखिन्छ। मनसुनकै झझल्को दिनेछ,’ उनले भने।

जल तथा मौसम विज्ञान विभागले बिहीबार कोशी, मधेस, बामगतीका सबै जिल्लामा सतर्कता अपनाउनुपर्ने बताएको छ। त्यस्तै गोरखा, नवलपुर, नवलपरासी, रूपन्देहीमा सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ। विभागले कपिलवस्तु, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जिल्लामा मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन सुझाव दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्