ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता हुदैँ, व्यापार सम्झौतामा सहमतिको संकेत

 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ। भेटवार्तामा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ।

गत केही महिनायता चलिरहेको अमेरिका–चीन व्यापार तनावले दुबै देशको अर्थतन्त्रमा ठूलो असर पारेको थियो। ट्रम्प प्रशासनले चीनबाट आउने सामानमा १० प्रतिशतदेखि बढाएर १४५ प्रतिशतसम्म शुल्क लगाएको थियो। त्यसको जवाफमा चीनले पनि अमेरिकी वस्तुमा १२५ प्रतिशतसम्मको प्रतिशोधी कर लगाएको थियो।

गत जुन महिनामा दुबै पक्षबीच अस्थायी ‘व्यापार युद्धविराम’ भएको थियो। त्यसपछि सुरु भएको वार्ता अहिले सम्भावित सम्झौतासम्म पुगेको समाचारमा जनाइएको छ।

अमेरिकाले हाल चीनको प्रविधि पहुँचमा नियन्त्रण गर्दै आएको छ भने चीनले दुर्लभ खनिजहरूको निर्यातमा कडाइ गरेर दबाब बढाएको बताइएको छ। यी खनिजहरू स्मार्टफोन, इलेक्ट्रोनिक उपकरणदेखि सैनिक सामग्री उत्पादनका लागि अत्यावश्यक भएकाले अमेरिकालाई वैकल्पिक आपूर्तिको खोजी गर्न बाध्य बनाएको विश्लेषणमा उल्लेख छ।

वार्ताबाट सकारात्मक नतिजा निस्कने आशा गरिएको छ, जसले लामो समयदेखि जारी व्यापार तनावमा केही राहत मिल्न सक्ने देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्